नियम ५२
मेलमिलाप अनुगमन समितिको काम, कर्तव्य र अधिकार
मेलमिलाप अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
(क) जिल्लाभित्र मेलमिलापद्वारा विवाद समाधान गर्ने सम्बन्धमा मेलमिलापकर्ता वा सम्बन्धित निकायले अवलम्बन गरेको प्रक्रियाका सम्बन्धमा समय समयमा अनुगमन गर्ने वा गराउने,
(ख) खण्ड (क) बमोजिम अनुगमन गर्दा वा गराउ“दा सो कार्यमा संलग्न कुनै व्यक्ति, निकाय वा संस्थालाई निर्देशन दिनु पर्ने देखिएमा आवश्यक निर्देशन दिने,
(ग) आफुले गरेको अनुगमनको प्रतिवेदन प्रत्येक वर्ष परिषद् समक्ष पेश गर्ने ।